सरकारी चिकित्सक आजै काममा नफर्किए कारबाही

काठमाडौँ, २६ चैत । सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु आज काममा नफर्किए कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरेको थियो । मन्त्रालयका अनुसार आज काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताए । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपनि चिकित्सकहरुले पाएको अधिकार नरोकिने र वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए । तर त्यसका लागि सरकारले आन्दोलन फिर्ता गरी काममा फर्किनुपर्नेलाई शर्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको