अण्डा खानुको फाइदा

काठमाडौँ, १५ चैत । अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डाको सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पाइन्छ भने अण्डाको पहेलों भागमा बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ ।

अण्डा खानुको फाईदा :

 १. कोलेस्टेरोलमा सुधार गर्छ : एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्टेरोल हुन्छ । अण्डाले कोलेस्टेरोललाई सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ ।

२. रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ : अण्डामा सेलेनियम पाइन्छ यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ ।

३. मुटु रोग लाग्ने खतरा कम हुन्छ : खराब कोलेस्टेरोलको रुपमा रहेको एलडीएल कोलेस्टेरोलले धमनीका भित्तामा चिल्लो तत्व बोक्छ अण्डाले यसको विपरित एचडीएलले धमनीका भित्ताबाट चिल्लो पदार्थ हटाउँछ ।

४. छाला र कपालको स्वास्थ्यका लागि : अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ ।

५.  हड्डी र दाँत स्वस्थ राख्छ : अण्डा भिटामिन डीको प्राकृतिक  स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ ।

६ . दिमागको रक्षाका लागि : अण्डामा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

७. जीवन रक्षा गर्छ : शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैंले ११ खालका अमिनो एसिड पूर्ति गर्छ ।

८. एन्टिअक्सिडेन्टको स्रोत : अण्डामा लुटिन र जियासान्थिन नामका एन्टीअक्सिडेन्ट पाइन्छ जसले आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ । अण्डा कलेजोका लागि स्वस्थकर मानिन्छ भने टाइप २ डाइबिटिज लाग्ने खतराबाट पनि बचाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको