झापा, १३ चैत । झापामा बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति २० वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा कमल गाउँपालिका–२ समयगढका ४२ वर्षीय शम्शेर तामाङ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडितका बुबाले दिएको उजुरीका आधारमा तमाङलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





