१४ वर्षीया बालिका ११ दिनदेखि बेपत्ता

पर्वत, १२ चैत । पर्वतमा ११ दिनदेखि घाँस काट्न गएकी बालिका बेपत्ता भएकी छन् ।

जलजला गाउँपालिका ७ धाइरिङकी १४ वर्षीया सुनिता रिजाल चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी उनी अझैँसम्म सम्पर्क नआएको जनाएको छ ।

बालिकाको परिवारले भने खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । गहुँगोरो, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी उनी घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएकी परिवारले जनाएको छ ।

बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्