परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण

काठमाडौँ, ११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी रोल्पा जिल्लाका सबै छात्रालाई महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द चिल्ड्रेनले जिल्लाका १७ परीक्षा केन्द्रमा प्याड वितरण गरेको हो । परीक्षाको समयमा हुने महिनावारीले छात्रालाई प्रभावित नगरोस् भनेर प्याड वितरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमख दानबहादुर गुरुङले बताएका छन ।

उक्त जिल्लाबाट यस वर्षको एसइई परीक्षामा साधारण र प्राविधिक गरी ८१ विद्यालयका तीन हजार ५२६ परीक्षार्थी सम्मिलित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित