शिक्षक शिक्षा अनिवार्य किन ?

हालैको बहस छ, जुनसुकै विषय र संकायमा भएपनि सर्बोत्कृष्ट हुने विद्यार्थीलाई स्वतः शिक्षण प्रवेश दिने । तर हामी सबैले बुझ्न के जरुरी छ भने शिक्षक कक्षा कोठामा पढाउन जाने हो कि सिकाउन । यदि पढाउन जाने हो भने शिक्षकले आफुले जानेको कुरा कक्षामा ओकल्ने होला र त्यसकालागि बिषयबस्तुको ज्ञान भए पुग्ला तर यदि सिकाउन गएको हो भने त्यस्ता शिक्षकहरुमा बिषयबस्तुको ज्ञान जुन रुपमा आवश्यक पर्छ त्यो भन्दा बढी सिकाउने कला आवश्यक पर्छ ।

बिषयबस्तुको ज्ञान बिनाको सिकाउने कलाको पनि कुनै काम छैन तर सिकाउने कला विनाको ज्ञान कक्षाकोठामा शुण्य प्रभावीत हुन्छ । शिक्षकले कक्षाकोठामा प्रयोग गर्ने हरेक शब्द, भाषा, उदाहरण, क्रियाकलाप, प्रस्तुति जस्ता पक्षहरु शिक्षाको दर्शन, समाजशास्त्र, मनोबिज्ञान, बिबिधताको सिद्धान्तहरुको मर्म बिपरित हुनुहुँदैन।

उपरोक्त मर्महरुलाइ आत्मसात गर्न सक्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने क्षमता विकास गरिएको हुनुपर्छ । जुन सहज र सरल छैन । यसकालागि शिक्षक शिक्षा अनिवार्य रहन्छ । अब प्रश्न उठ्न सक्छ के हाम्रो वर्तमान शिक्षक शिक्षा प्रणाली आवश्यकिय पक्षहरुमा सक्षम छ त ? छैन । म त शिक्षक शिक्षा सुतेको देख्छु । किनभने हाम्रो शिक्षक शिक्षाले धेरै दर्शन पढाउछ तर दर्शन कसरी स्थापित गर्ने सिकाउँदैन ।

समाजशास्त्र पढाउछ तर समाज बदल्न सिकाउदैन। मनोबिज्ञान पढाउछ तर मनोबैज्ञानिक मापदण्ड स्थापित गर्न सिकाउँदैन । किताब पढाउछ व्यवहार सिकाउँदैन । कपिमा लेख्न लगाउँछ व्यवहारमा प्रदर्शन गर्न लगाउँदैन । बाह्य अनुसन्धान अध्ययन गर्न लगाउँछ तर अनुसन्धान गर्न लगाउँदैन । आदि आदि ।

शिक्षक शिक्षामा देखिएको अन्योलताले हाम्रा शिक्षकहरुले पढाएका विद्यार्थीहरु घरको न घाटको भएका छन् । कुनै पनि कक्षामा सो बिषय किन पढाइएको र किन पढेको भन्ने औचित्य स्थापित भइरहेको छैन । विद्यार्थीहरु पढाइरहेका छन् सिकाइरहेका छैनन् । जसले गर्दा हाम्रो शिक्षाले जे गर्नु पर्थ्यो त्यो गरिरहेको छैन ।

शिक्षक शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालय छ र विभिन्न विश्वविद्यालयमा शिक्षाशास्त्र संकायहरु छन् तर तिनीहरु प्रशासनिक दैनिकी मै भुलेको देख्छु मेरो आग्रह छ, शिक्षक शिक्षाको जिम्मेवारी बोक्ने निकायहरुले कर्मकाण्डी मात्र नभएर हाम्रो आफ्नै दर्शन स्थापित गर्ने पद्दतिको अनुसन्धान गरि निष्कर्ष निकालोस् । हाम्रो समाज बदल्ने उपायको सम्बन्धमा अनुसन्धान गरोस् । हाम्रो देशको मनोबिज्ञानको विकासात्मक मापदण्ड स्थापित गर्न अनुसन्धान गरोस् ।

हाम्रो प्राकृतिक विविधतालार्इ सम्बोधन गर्ने उपायको बारेमा अनुसन्धान गरोस् । शिक्षक तथा प्राध्यापकहरुलाई शिक्षणका अलावा अनुसन्धानमा निरन्तर सहभागी गराओस् । अनि मात्र हाम्रो शिक्षाप्रणालीले जे गर्नु पर्ने हो त्यो गर्न सक्छ ।

जीवन ढुङ्गाना
प्रा. सानोथिमी क्याम्पस, भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । सरकारले मोहम्मद जयन्तीको अवसरमा भोली नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक जनाको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२