कांग्रेस नेता डा. रिजालको निच चेतना, उनको बौद्धिकताको गम्भीर प्रश्न

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसदमा दिएको अव्यिक्तिले निच चेतनाका तथा उनको बैद्धिकता माथि गम्भीर प्रश्न उठेको छ ।

बुधवार संसदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी विधेयकका सवाल जवाफमा चार प्रकारले विषादीको प्रयोगलाई वर्गिकरण गरेको जसमा रातो र पहेलोलाई प्रयोग गर्नै नहुने श्रेणीमा राखेको त्यस्तै निलो र हरियो लोगो प्रयोग गरेकोलाई गर्न मिल्ने श्रेणीमा समावेश गरेको जानकारी गराउनुभएकोमा कांग्रेस नेता डा. रिजालले संसदीय मूल्य र मान्यता विपरित गैर जिम्मेवारीपूर्वक प्रस्तुत भएको हुनुभएको देखिएको छ ।

सरकारको तर्फबाट मन्त्रीले प्रस्तुत गरेको विधेयकलाई उल्ट्याई रातो र पहेलोलाई प्रयोग गर्नै हुने तथा निलो र हरियो लोगो प्रयोग भएकोलाई प्रयोग गर्न नमिल्ने भनेको जस्तो लाग्यो मन्त्री ज्यू, भनि डा. रिजालले संसदमा दिएको अभिव्यक्ति कमजोर मानसिकताको उपज भएको देखिएकोे छ । डा. रिजालले काठमाडौँमा कहिलेदेखि जेरी पनि पहेलोको सट्टा हरियो र निलो हुने हो ? भनि मन्त्री माथि गरिएको प्रश्नबाट डा. रिजालको मानसिक तथा बौद्धिक रुपमा समस्या खड्कीएको स्पष्ट देखिन्छ ।

विषादीको अवस्था नेपालको सन्दर्भमा राम्रो र सुध्रदै गएको अवश्थामा डा. रिजालले संसदमा दिएको अभिव्यक्तिलाई हेर्ने हो भने नेपालमा विषादी प्रयोगमा पस्रय गरेको बुझिन्छ । किन डा. रिजालले विषादीलाई पश्रय दिने अभिव्यक्ति दिए ? यसबाट आम नेपाली जनतालाई धेरै प्रकारको कैतुहलता शुरु भएको छ ।

कैतुहलतामात्र नभई कतै विषादीको प्रयोग गर्नुपर्ने भन्दै खोटलाको प्रकरण त छैन ? यो प्रश्न आम नेपाली जनतामा उब्जीएको छ । कतै डा. रिजालको त्यो प्रकरण भएमा संलग्नता त छैन ? भन्ने समेत गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

उनको कुनै नियोजित षड्यन्त्र नभएमा उनले दिएको अभिव्यक्तिका सवालमा आम नेपाली जनतासँग आत्मालोचित हुनुपर्ने हुन्छ । ज्ञानको अभावका कारण हो भने उनले किन संसद जस्तो गरिमामय ठाउँमा बोल्ने प्रयास गरे ? ज्ञानको अभाव भए नवोल्नु नै उत्तम हुने थियो ।

विषादीरहित फलफुल तथा तरकारी वर्तमान समयका मानिसको लागि अपरिहार्य रहेको छ । विषादी प्रयोगको सवालमा दण्ड तथा जरीवाना अपुग भएकाले त्यसलाई आवश्यकता अनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने तत्काल आवश्यकता रहेको छ । विषादी ऐन २०४८ लागु भइरहेको जसलाई पुनर्लेखन जरुरी रहेकाले पूर्नःलेखनको लागि सम्बन्धीत समितिमा दफावार छलफलबाट विषादीलाई मुक्त गराउने अभियान शुरु हुने भएको देखेर कतै त्यसलाई रोक्ने प्रपञ्जको अभिव्यक्ति त हैन डा. रिजालको ? यो समेत प्रश्न उठेको छ ।

आगामी दिनमा प्राङ्गारीक कृषिलाई प्राथमिकता दिई अर्गानिक कृषि क्षेत्रको विकास र विस्तारमा अघि बढ्नु अहिलेको अपरिहार्यता नै हो । किसानमा विषदी प्रयोगमा खुल्ला सिमाना, विक्रि वितरण, जानकारी लगायतका कुराहरुमा भएको अभावका कारण समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ