डा. केसी अनसनको बहाना : लुकी लुकी खाना तथा फलफुल

काठमाडौँ, १७ माघ । चिकित्सा विधेयक २०७५ को विरुद्धमा आमरण अनसन बसेको डा. गोविन्द केसीले लुकी लुकी खाना तथा फलफुल खाने गरेको कुरा खुल्न आएको छ ।

इलामबाट शुरु गरेका डा. केसीको अनसनमा लुकेका एक पछि अर्को तथ्यहरु सार्वजनिक हुन थालेका छन् । निकट स्रोतका अनुसार डा. केसीले आफ्ना नजिकका व्यक्तिबाट कोही नभएको समय पारी फलफुल तथा खाना खाने गरेको जानकारी प्राप्त भएको छ ।

त्रिवि शिक्षण अस्पतालको आइसियुमा रहेको डा. केसीलाई सलाइन दिई राखिएको भएता पनि त्यो सामान्य रुपमा अनसनबाट स्वास्थ्य स्थीति कमजोर भएको देखाउन मात्र भएको बताइएको छ । स्वास्थ्यमा खासै कुनै समस्या उत्पन्न भएको छैन ।

हुनत डा. केसीका केही सवुत प्रमाणकै आधारले पनि भन्न सकिन्छ की कांग्रेसको झण्डा बोकी हिड्नु र प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले सडक तथा सदनमा आन्दोलन गर्नुबाट नै प्रष्ट हुन्छ कि डा. केसी चिकित्सा शिक्षा क्षेत्रको विकास र विस्तार भन्दा पनि राजनीतिक मुद्धालाई बोकी अनसन बस्नुभएको हो ।

डाक्टर स्रोतकै अनुसार अधिकाशं डा.हरु केसीको समर्थनमा नरहेको बताउँछन् । सिमिति डाक्टरहरु आफ्नो व्यक्तिगत स्वार्थका कारण मात्र समर्थन गरेको निकट स्रोतले बतायो ।

त्यतिमात्र नभई शिक्षण अस्पतालनै डा. केसीका समर्थकको पक्षमा रहेको छैन । कारण अस्पतालले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रमा अनावश्यक हड्ताल, धर्ना, बन्द गर्न नहुने र कसैले त्यस्तो नगर्न आग्रह गरिसकेको छ ।

यसबाट के प्रष्ट हुन्छ भने डा. केसीको माग समग्र चिकित्सा क्षेत्रको भन्दा पनि प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले सरकारलाई नकरात्मक बहानामा लगाउने गरेको लान्छनामात्र हो । कांग्रेसको सरकार विरुद्ध सडक तथा सदनमा गरिने आन्दोलनको बहाना मात्र हो ।

पछिल्लो समय नेविसंघले गर्दै गरेको सडक आन्दोलन तथा सरकार विरोधी गतिविधिबाट त झनै प्रष्ट बुझ्न सकिन्छ कि प्रदेश चुनाव तथा संघको चुनावको नतिजावाट आत्तिएर स्ववियु चुनावमा जाने आट नै नभएर आन्दोलनको बाटो समातेको ।

नेविसंघ मात्र नभई सिङ्गो कांग्रेस पार्टी नै स्ववियु चुनावको विपक्षमा देखिएको छ । विपक्षमा मात्र नभई स्ववियु चुनाव कुनै पनि हालतमा अहिलेको निर्धारित मितिमा गर्नु हुँदैन, जुनै पनि हालतमा चुनावको मिति सार्नुपर्छ भन्ने नीतिमा रहेको देखिएको छ ।

स्ववियु चुनाव भनेको देशको मिनी चुनाव हो, जसबाट अन्य तीनै तहको चुनावको नतिजालाई आधार मान्न सकिन्छ । त्यसैले नेविसंघको सडक आन्दोलन तथा कांग्रेसको स्ववियु चुनाव विरोधी अभिव्यक्तिले के प्रष्ट बुझ्न सकिन्छ भने कांग्रेस जनताबाट टाढिसकेको छ, चुनावि प्रतिपर्धामा जान चाहँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका