स्व. खड्गमान जन्म जयन्तीमा निःशुल्क स्वास्थ्य शिवीर

काठमाडौं, १ पौष । स्वर्गीय प्राध्यापक खड्गमान मल्लको १०८ औं जन्मजयन्तीको अवसरमा शनिबार ललितपुरको सैंबुमा एकदिने निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरियो ।

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु’ भन्ने सन्देश दिन आयोजित शिवीरमा स्थानीय २०० जनाको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।

स्व. खडग—प्राण संरक्षण सांस्कृतिक गुठीको आयोजनामा भएको सो निःशुल्क स्वास्थ्य शिवीर शुरु गर्नुअघि गुठीका महासचिव एवम् वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा.मदन मान मल्लले स्व. प्राध्यापक खडगमान मल्लको योगदान बारे चर्चा गर्नुभएको थियो ।

शिवीरमा वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा. मदन मान मल्लका साथै क्यान्सर, स्त्रीरोग लगायतका वरिष्ठ चिकित्सकहरु डा. किरण मानन्धर, डा. प्रभु शाह, डा. लक्ष्मी आचार्य गौतम र डा. आशिष माली, सिजन चाम्लिंग लगायतले निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित