स्मरणशक्ति बढाउन खानैपर्ने कुरा

मष्तिष्क हाम्रो शरीरको त्यस्तो अंग हो, जसको संकेतविना कुनै पनि अंगले काम गर्न सक्दैनन् । उमेरसंगसंगै मानिसहरुको स्मरणशक्ति पनि कमजोर हुँदैं जान्छ । स्मरणशक्ति बढाउने कस्तो खानेकुरा खानुपर्छ भनेर थाहा  पाउन जरुरी छ ।

साल्मोन माछा : साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो ।  मानिसको मष्तिष्कको करिब ६० प्रतिशत भाग बोसोबाट बनेको हुन्छ ।  मष्तिष्क ठीकसंग सन्चालन गर्न लगातार फ्याटी एसिड जरुरी हुन्छ । साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो ।  

ओखर : ओखरमा ओमेगा ३ फ्याटी एसिड सबैभन्दा बढी पाइछ । ओमेगा ३ का कारण मष्तिष्कको न्यूरोट्रान्समिसन अर्थात् कोशिकाबीच सूचना आदानप्रदान निकै राम्रोसंग हुन्छ । यसैले ओखरको नियमित सेवनले  दिमाग तेज बनाउछ ।

ग्रीन टी : ग्रीन टी एन्टीअक्सिडेन्टयुक्त हुन्छ, जसले स्मरणशक्तिलाई बढाउन मद्धत गर्छ । यसमा पोलिफिनोल नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउँछ । दिनमा कम्तीमा दुई कप ग्रीन टी पिउनु राम्रो हुन्छ ।  

गोलभेंडा : एन्टीअक्सिडेन्ट तथा लाइकोपेनको निकै राम्रो स्रोत भएका कारण गोलभेंडाले मष्तिष्कको शक्ति बढाउन महत्वपूर्ण भूमिका निभाउँछ । दिनहुँ गोलभेंडा खानाले फ्रि रेडिकलको समस्या पनि हटाउछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय