स्मरणशक्ति बढाउन खानैपर्ने कुरा

मष्तिष्क हाम्रो शरीरको त्यस्तो अंग हो, जसको संकेतविना कुनै पनि अंगले काम गर्न सक्दैनन् । उमेरसंगसंगै मानिसहरुको स्मरणशक्ति पनि कमजोर हुँदैं जान्छ । स्मरणशक्ति बढाउने कस्तो खानेकुरा खानुपर्छ भनेर थाहा  पाउन जरुरी छ ।

साल्मोन माछा : साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो ।  मानिसको मष्तिष्कको करिब ६० प्रतिशत भाग बोसोबाट बनेको हुन्छ ।  मष्तिष्क ठीकसंग सन्चालन गर्न लगातार फ्याटी एसिड जरुरी हुन्छ । साल्मोन माछा ओमेगा ३ फ्याटी एसिडको निकै राम्रो स्रोत हो ।  

ओखर : ओखरमा ओमेगा ३ फ्याटी एसिड सबैभन्दा बढी पाइछ । ओमेगा ३ का कारण मष्तिष्कको न्यूरोट्रान्समिसन अर्थात् कोशिकाबीच सूचना आदानप्रदान निकै राम्रोसंग हुन्छ । यसैले ओखरको नियमित सेवनले  दिमाग तेज बनाउछ ।

ग्रीन टी : ग्रीन टी एन्टीअक्सिडेन्टयुक्त हुन्छ, जसले स्मरणशक्तिलाई बढाउन मद्धत गर्छ । यसमा पोलिफिनोल नामक तत्व हुन्छ, जसले स्मरणशक्ति बढाउँछ । दिनमा कम्तीमा दुई कप ग्रीन टी पिउनु राम्रो हुन्छ ।  

गोलभेंडा : एन्टीअक्सिडेन्ट तथा लाइकोपेनको निकै राम्रो स्रोत भएका कारण गोलभेंडाले मष्तिष्कको शक्ति बढाउन महत्वपूर्ण भूमिका निभाउँछ । दिनहुँ गोलभेंडा खानाले फ्रि रेडिकलको समस्या पनि हटाउछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित