मधुमेहका रोगीले के खाने, के नखाने ?

काठमाडौं, ९ मंसिर ।  हामीले खाने खानाबाट प्राप्त हुने र रगतमा पाइने ग्लुकोज शक्तिको स्रोत हो। रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह वा चिनीरोग उत्पन्न हुन्छ।

हाल विश्वमा हरेक ४ परिवारमध्ये १ परिवार र ११ जना वयस्कमध्ये १ जना मधुमेहबाट संक्रमित भएको पाइएको छ। जसमा ९.१ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला संक्रमित रहेका छन् । हालसम्म पत्ता लागेको तथ्याङ्कको ८५ देखि ९० प्रतिशत मधुमेह २ पाइएको छ।

मधुमेहको प्रकार :

जनस्वास्थ्य समस्याका रुपमा रहेका मधुमेह वा चिनीरोग तीन प्रकारका हुन्छन्। मधुमेह १, मधुमेह २, जेस्टेसनल र अन्य मधुमेह। तर मधुमेह १ र मधुमेह २ गम्भीर प्रकारका मधुमेह हुन् ।

मधुमेहको रोकथाम :

–    दैनिक  शारीरिक व्यायाम गर्ने ।
–    बढी भएको तौल घटाउने  र उमेरअनुसार तौल बनाउने ।
–    स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यचौकी जाने ।
–     स्वस्थकर खानपान खाने र  चिसो पेय पदार्थ नखाने ।
–    सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
–    ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्ने ।

मधुमेह भएकाले के खाने :
–    कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ ।
–    रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
–    सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
–    दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।
–    पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
–   पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ।
–    सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।

मधुमेह भएकाले के नखाने  :
–    बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा नखाने  ।
–    पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
–    अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
–    सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
–    अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको

एजेन्सी, १६ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।  नयाँ व्यवस्था अक्टोबर २ अर्थात्