‘इन्डिया इन्टरनेशनल ट्रेड फेयर २०१८’मा नेपाल पनि सहभागी

(कार्तिक २९, नयाँ दिल्ली) ।  भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय व्यापार मेला ‘इन्डिया इन्टरनेशनल ट्रेड फेयर २०१८’ सुरु भएको छ ।

इन्डिया ट्रेड प्रोमोशन अर्गनाइजेसनले आयोजना गरेको यस मेलाको पार्टनर कन्ट्री अफगानिस्तान रहेको छ भने फोकस कन्ट्रीको रुपमा नेपाललाई स्थान दिईएको छ ।

आयोजक राष्ट्र भारत तथा नेपाल सहित विश्वका १९ राष्ट्रले भाग लिएको मेलामा घरायसी सामान, विद्युतीय सामान, जुटजन्य वस्तु, कपडा, कस्मेटिक समानहरु, ईलेक्ट्रीक सामान, स्वास्थ्य सम्बन्धी उपकरण, कृषिजन्य वस्तुहरु, छाला तथा छालाजन्य वस्तुहरु, हस्तकलाका सामान, पश्मिना कपडाहरु, गरगहना, अन्य मेशिनरी उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

 नोभेम्बर १४ देखि २७ सम्म संचालन हुने यस मेलाको औपचारिक रुपमा भारतका केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सि.आर. चौधरी र केन्द्रिय संस्कृती राज्य मन्त्री डा. महेश शर्माले संयुक्त रुपमा उद्‍घाटन गरेका छन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका