अरु समयमा भन्दा चाडबाडमा व्यायाम कति गर्ने ?

(कार्तिक ३, काठमाडौं) ।  नेपलमा  क्यान्सर, मुटु, मिर्गौला, कलेजो, मधुमेह जस्ता नसर्ने रोग बढ्दै गइरहेको छ ।

तेसैले अरु समयमा भन्दा चाडबाडको समयमा डेढ घण्टाबडी व्यायाम गर्नुपर्दछ । औषधि सेवन गरिरहेका मानिसले त झन् योग, व्यायाम मात्रै होइन, दौडने, खेल्ने, हिँडडुल गरिहने गरिरहनुपर्छ ।

जथाभावी खानपान, तनाव, व्यायामको कमी, अत्याधिक मदिरा सेवन जस्ता कारण अस्पतालमा बिरामीको चाप बढिरहेको छ । अर्कोतर्फ अत्यधिक मदिरा सेवनले दुर्घटनामा परेर अस्पताल पुग्नेहरु पनि हुन्छन् । उच्च रक्तचाप, मधुमेहका बिरामीहरु दसैँ, तिहार तथा चाडपर्वपछि झन् बढी समस्यामा पर्ने गरेको चिकित्सकहरु बताउँछन्।

अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, आउँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङलगायत बिरामी बढ्ने गरेका छन्। दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन छ । दसैँमा मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित