अरु समयमा भन्दा चाडबाडमा व्यायाम कति गर्ने ?

(कार्तिक ३, काठमाडौं) ।  नेपलमा  क्यान्सर, मुटु, मिर्गौला, कलेजो, मधुमेह जस्ता नसर्ने रोग बढ्दै गइरहेको छ ।

तेसैले अरु समयमा भन्दा चाडबाडको समयमा डेढ घण्टाबडी व्यायाम गर्नुपर्दछ । औषधि सेवन गरिरहेका मानिसले त झन् योग, व्यायाम मात्रै होइन, दौडने, खेल्ने, हिँडडुल गरिहने गरिरहनुपर्छ ।

जथाभावी खानपान, तनाव, व्यायामको कमी, अत्याधिक मदिरा सेवन जस्ता कारण अस्पतालमा बिरामीको चाप बढिरहेको छ । अर्कोतर्फ अत्यधिक मदिरा सेवनले दुर्घटनामा परेर अस्पताल पुग्नेहरु पनि हुन्छन् । उच्च रक्तचाप, मधुमेहका बिरामीहरु दसैँ, तिहार तथा चाडपर्वपछि झन् बढी समस्यामा पर्ने गरेको चिकित्सकहरु बताउँछन्।

अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, आउँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङलगायत बिरामी बढ्ने गरेका छन्। दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन छ । दसैँमा मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्