‘आँखा सेवा सबैका लागि – विश्व दृष्टि दिवस मनाऔँ’

(असोज २५, काठमाडौँ) । आज विश्व दृष्टि दिवस ११ अक्टोवर ‘आँखा सेवा सबैका लागि–विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर मनाइदैछ ।

दिवसकै अवसर पारी आज तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौ, हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा वालवालिका ९१४ वर्षभन्दा कम उमेर०, वृद्ध ६० वर्ष देखि मथिका उमेर तथा लक्षित वर्गका निम्ति निःशुल्क परामर्श सेवा प्रदान गर्दैछ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानि सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

त्यस अघि नै डव्लुएचओ र आईएपीबीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० राइट टु साइट कार्यक्रमको घोषणा गरी हरेक बर्ष अक्टोबर महिनाको दोस्रो विहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपालले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना ९२००१–२०१९० लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्