सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुरा हेनुहोस्

(असोज २१, काठमाडौं) । सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो ।  सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ।

सिटी स्क्यान गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
– सिटी स्क्यान गर्ने रेडियोग्राफर टेक्नोलोजिस्टलाई बिरामीको सम्पूर्ण मेडिकल हिस्ट्री थाहा हुनुपर्छ।
–  सिटी स्क्यान गर्ने  दिनभन्दा पहिले नै राति १२ बजेपछि बिरामीले खाना खानु हुँदैन।
– बिरामीको जाँच गर्नुभन्दा पहिले ब्लड युरिया र क्रिएटिनिन लेवल हेर्नुपर्छ।
– यदि मधुमेहको बिरामी छ भने सुगर लेवल १०० भन्दा बढी हुनु हुँदैन।
– बिरामीको जाँच गर्नुपर्ने ठाउँको कपडा मेटल फ्री हुनुपर्छ।
– मेसिनभित्र सुत्ने बेलामा डराउनु हुँदैन र रेडियोग्राफर टेक्नोलाजिस्टले बताएअनुसार गर्दै जानुपर्छ।
– सिटीमा एउटा अंगको स्क्यान गर्न ५ देखि ३० मिनेटसम्मको समय लाग्न सक्छ।
-जाँच गर्ने रोगबाहेक शरीरमा कुनै अर्को रोग वा कुनै औषधि खाइरहनुभएको छ भने रेडियाग्राफर टेक्नोलाजिस्टलाई जाँचअघि नै भन्ने ।
-कहिलेकाहीँ आमाशय अथवा आन्द्राको जाँचको लागि जाँचभन्दा पहिले बिरामीलाई औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित