घोडासहित ट्रेनमा चढे व्यक्ति

(भदौ ८, एजेन्सी) । बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा  फ्रिडा नामक घोडासँगै ट्रेनभित्र प्रवेश गरेका छन् ।

 ट्रेनभित्र प्रवेश गरेपछि  त्यहाँका अन्य यात्रीहरु छक्क परे  । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा राखे जुन एकाएक भाइरल भयो ।

यद्यपी, ती व्यक्तिले घोडासँग धेरैबेरसम्म यात्रा गर्न पाएनन् । त्यहाका  सरकारी रेल कम्पनी OeBB का प्रवक्ताले भने, ‘घोडासँग यसरी ट्रेनमा यात्रा गर्नु खतरनाक हुनसक्छ । ट्रेनमा यदि अचानक ब्रेक लगाइए घोडा यसको लागि कति तयार छ र त्यसपछि उसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न मुश्किल छ ।’

OeBB को गाइडलाइनका अनुसार ट्रेनमा ती जनावरलाई मात्र यात्रा गराउन सकिन्छ जसले कसैलाई पनि हानी नोक्सानी पुर्याउँदैन । साथै, जनावरलाई कुनै बाकस वा ब्यागमा राखेर पनि यात्रा गराउन सकिनेछ ।

घोडासँग यात्रा गरिरहेका ती व्यक्तिलाई दुई स्टेशनपछि नै ट्रेनबाट बाहिरिनका लागि आग्रह गरियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार