गायक लामिछानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक

(साउन २१, भक्तपुर) रमेश गिरी । लोक गायक तथा साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घर मै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालााईसिस र अन्य रोगले ओछ्यान मै थन्किएका साहित्यकार लामिछानेको सम्मान स्वरुप साहित्यकार र संचारकर्मीको टोली उहाँ कै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।

विमोचन पछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुसी व्यक्त गरे । उनले गीत, संगीत र साहित्य कहिल्य मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गरे ।

कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकम मध्ये नगद रु. १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरे । कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मान स्वरुप उन कै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उनको उपचारको लागि उचित व्यबस्था गरिदिन आग्रह गरे । स्वास्थ्य उपचारमा सहयोग पुर्याउन आफूले रकम प्रदान गरेको बताउँदै उनले साहित्य, गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारको नाजुक अबस्था देखेर दुःख लागेको बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगार्ई)ले उनको घरको अबस्था र स्वास्थ्य अबस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उनको उचित व्यबस्थापनमा सरकारको ध्यान नपुगेको बताए ।

त्यस अवसरमा क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले प्यारालाईसिसले ओछ्यान मै पर्नु भएका गायक लामिछानेलाई गीत संगीत क्षेत्रमा लागेको श्रष्टाहरु पनि सहयोग गर्नुपर्ने औल्याए ।

गायक लामिछानेले उचित स्वास्थ्य उपचार पाएमा स्वास्थ्यमा सुधार आउँने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सै घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यबस्था गर्न ढिलाई गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही

काठमाडौँ, २१ साउन । चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म बाटोमा

काठमाडौँ, २१ साउन । काठमाडौँबाट अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका

काठमाडौँ, २१ साउन । लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन्