स्वर्गीय नेता जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” सार्वजनिक

(साउन १६, काठमाडौँ) । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” सार्वजनिक भएको छ ।

त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उनले बताए ।

 यो पुस्तक नेता तथा साहित्यकार बिशेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको बताए । रामहरी जोशीको आफनो जीवनमा परेको प्रेम राधाको बिषयमा खुलेर आएको उनले बताए । रामहरी जोशीले किन विवाह गरेनन भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाँले बताए ।

कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउदै भने “रामहरी जोशीले माने पनि कालले मानेन कन्फेशन लेख्न खोजिएको भए पनि उनले  प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो ।”

 एक बर्षअघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उनको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु