भक्तपुरका १८ स्थानमा खानेपानी परिक्षण : दिसामा पाइने जिवाणु ‘कोलिफर्म’ भेटियो

(साउन १, भक्तपुर) । भक्तपुरको १८ वटा स्थानमा गरिएको परिक्षणका क्रममा विभिन्न स्थानमा वितरण गरिएको खानेपानीमा दिसामा पाईने जिवाणु कोलिफर्म भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा वितरण गरिएको पानीको परिक्षण गर्दा १६ वटा स्थानका पानीमा कोलिफार्म भेटिएको हो । परिक्षण गरिएका मध्ये कटुञ्जे तीनधारा र चाँगुनारायण हेल्थपोष्टमा गरिएको परिक्षणमा मात्र कोलिफार्म नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सूर्यविनायक नगरपालिका–८ आशापुरीका दुई, नैचाल र सोचे, –९ काँक्रेबारी र काँक्रेबारी सरस्वती मावि–२ बालकोट हेल्थपोष्ट–१ सिरुटार हेल्थपोष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जेमा गरिएको परिक्षणमा कोलिफार्म भेटिएको हो। त्यसैगरी भक्तपुर नगरपालिकाको व्यासी, मध्यपुर थिमि नगरपालिका–४ बालकुमारी हेल्थ पोष्ट–२ सानोथिमि –१ लोहकल्थलीका दुई वटा परीक्षणमा कोलिफर्म भेटिएको छ ।

वर्षायाम सुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले उक्त परीक्षण गरे हो । पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग आग्रह समेत गरे जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आग्रह समेत गरेको छ । भक्तपुर नगर र मध्यपुर थिमी नगरका बासिन्दाले खानेपानी प्रयोग गर्ने नगरकोटस्थित मुहानपोखरी र बोडको पानीसमेत प्रदूषित रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र