राससकर्मी गिरीलाई युवा पत्रकारिता पुरस्कार २०७५ प्रदान

(असार ३१, भक्तपुर) । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय भक्तपुरले राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरेको छ ।

कार्यालयले आज आयोजना गरेको जिल्ला स्तरीय युवा उद्यमी पहिचान तथा सम्मान कार्यक्रममा राससकर्मी गिरीलाई नगद रु. चार हजार सहित उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा साहित्यतर्फबाट रश्मिला कवां, उद्यमीहरुको तर्फबाट डिभाईन युवा क्लब, सिडल्याण्ड नेपाल, सिद्धि गणेश राईसम मिललाई नगद रु. चार हजार सहित युवा उद्यामी पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरि युवा प्रतिभा पहिचान अन्तर्गत कार्यालयले आयोजना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवको भूमिका विषयक वादविदाद प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने सानोठिमी क्याम्पसका विद्यार्थी उज्जवल पाण्डे, क्याथफोर्ड कलेजका प्रविन पाठक, सैनिक आवासीय महाविद्यालयकी अनुजा दाहाल र ख्वप कलेजका कविता ढकाललाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले युवा उद्यमीलाई लक्षित गरि सरकारकाले बजेट ल्याएको बताउँदै स्वदेश मै उद्यमी बन्न सरकारले अनुदान, पुरस्कार एवं निर्वाजी ऋण समेत उपलब्ध गराउँदै आएकाले उद्यमी बन्न युवाहरु आग्रह गर्नुभयो ।

त्यसअवसरमा जिल्ला युवा समितिको कार्यालय भक्तपुरका प्रमुख पद्मराज जोशीले युवाको प्रतिभा पहिचान र युवा उद्यमी मार्फत देशमा युवावर्गलाई उद्यमशिलतामा लाग्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सरकारले सुरु गरेको पुरस्कारले युवालाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले थोरै पैसाका लागि विदेशिने युवालाई रोकेर अब स्वदेश मै सहज रोगजारी पाउँने अबस्था सरकारले सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले सरकारले युवा लक्षित कार्यक्रम अगाडि सार्दै बजेटको व्यबस्था गरेको बताउँदै आगामी पाँचवर्षभित्र स्वदेश मै सबैनागरिकलाई रोजगार दिने सरकारको लक्ष्य पुरा गर्न सबै तहबाट सकारात्मक सहयोग पुग्नुपर्नेमा बताउनुभयो ।

त्यसअवसरमा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष सत्यनारायण प्रजापति, भक्तपुरको अध्यक्ष वीरेन्द्र जतीले युवाहरुलाई सरकारले बिभिन्न तालिम, उपकरण एवं प्रबिधि प्रदान गर्दै आएको र अब उद्योग संचालनमा ऋण समेतको व्यबस्था गरेकाले युवाहरु उद्योग संचालन तर्फ आकर्षित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा मखमलको झोला बुनाई तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र