(असार २९, काठमाडौं) । जापान सरकारले नेपाली विद्यार्थीलाई छात्रा वृत्ति प्रदान गर्न र मानव संशाधनका विकासको लागि २७ करोड ४० लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा अर्थसचि डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच सहमतिमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा वोल्दै अर्थ सचिव डा. खनालले विगतदेखि जापान लगायतका दातृ निकायले गरेको यस्ता सहयोगबाट नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने बताए । उनले यस्तो रकमको दुरुपयोग नुहने समेत प्रतिबद्धता जनाए ।
त्यस्तै, राजदूत साइगोले दुई देशबीच आर्थिक सम्बन्ध थप मजबुत भएको बताए । सहयोग आदानप्रदान पनि भइरहने र नेपालको विकासमा जापानले सहयोग पुर्याउने बताए।






