प्रदेश ३ को राजधानीका लागि ५ जिल्ला सिफारिस : कुन जिल्लाले मार्ला बाजी ?

(असार २६, काठमाडौं) । अत्याधिक र्चाको विषय रहेको प्रदेश नं. ३ को स्थायी राजधानीको विषयमा अध्ययन गर्न बनेको विशेष समितिले राजधानीका लागि प्रदेशका ५ जिल्ला उपयुक्त रहेको निश्कर्षसहित प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ ।

विशेष समितिले राजधानीको लागि सिफारिस गरेको जिल्लाहरुमा वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर रहेको छ । समितिले मानविय आवश्यकता तथा भौगोलिक अवस्था, पूर्वाधार, यातायात लगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम प्रतिवेदनमा उल्लेख गरिएको समितिका सभापति दिपक निरौलाले बताए ।

प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवस्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवस्था विश्लेषण गरेर जिल्लाको स्थिति स्पष्ट उल्लेख गरिएको छ। प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले सम्भाव्यता अध्ययन मात्रै गर्न भनिएकाले प्राथमिकता क्रम नतोकिए पनि स्पष्ट रुपमा उल्लेख गरिएको बताए। ‘त्यहाँ सबै जिल्लाको जन्मुण्डली नै उत्तारिएको छ, जन्ममिति लेखेका छौं तर जेठो कान्छो छुट्याएका छैनौं,’ उनले भने, ‘निर्णय गर्ने अधिकार प्रदेश सभामा नै रहेकोले सम्भाव्य जिल्ला मात्रै सिफारिस भएको हो।’

काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगतस्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र