उद्यमी व्यवसाय विकासको लागि आवश्यक सहयोग गर्न समिति तयार : सभापति गेलाल

(असार २५, भक्तपुर) । जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलालले उद्यमी व्यवसायको विकासको लागि आवश्यक सहयोग गर्न समिति हरबखत तयार रहेको बताएका छन् ।

आज साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा देश विकासको मेरुदण्डको रुपमा साना तथा मझौला उद्यमी रहेको जसका कारण देशको आर्थिक उन्नती तथा प्रगतिको बाटो अघि वढेको बताउँदै सभापति गेलालले थोरै लगानीमा मानव जीवन जीउने आधारको रुपमा साना तथा मझौला व्यवसायि रहेको उल्लेख गरे ।

कार्यक्रममा अन्य अतिथिहरुले उद्योग व्यवसायको विकासबाट नै आर्गिक विकास हुने र समृद्ध नेपाल निमार्ण हुने भएकाले साना तथा मझौला व्यसायको विकास अनिवार्य रहेको बताए ।

कार्यक्रममा अतिथिका रुपमा साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेल, सचिव सुलोचना राजभण्डारी, कोषाध्यक्ष राजुकेशर विष्ट, सदस्य रविन थापा, सूर्यविनायक नगरपालिका उपमेयर जुना वस्नेत, चागुँनागरयण नगर उपप्रमुख बिना वास्तोला, महिला विकास अधिकारी निला घिमिरे रहेका थिए ।

उक्त महिला उद्यमी भेलाले १५ सदस्यीय साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट