सेनामा कनिष्ट र आफ्नो मान्छे प्रवेश, नातावाद र भ्रष्टचारको छानविन हुनुपर्छ : सांसद वस्नेत

(असार २०, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले नेपाली सेनामा कनिष्ट र आफ्नो मान्छेलाई प्रवेश गराएको जसमा अनियमितता, नातावाद, कृपावाद, भ्रष्टचार भएको भन्ने कुरालाई तुरुन्त छानविन गर्नुपर्ने बताएका छन् ।

संघिय संसदमा वोल्दै सांसद वस्नेतले सून्य समयमा बोल्दै नेपाली सेनाभित्र विद्यमान नातावाद, कृपावादका कारण हालै भएको प्रमुख सेनानीबाट महासेनानीको बढुवामा ८ वटा ब्याजलाई एकै ठाउँमा राखेर बढुवा गरिएको बताए । सांसद वस्नेतले बढुवा गर्दा कनिष्ट र आफ्ना मान्छेहरुलाई बढुवा गरी भविष्य भएका व्यक्तिहरुको टाउकोबाट तातोपानी खनाउने काम भएको उल्लेख गरे ।

त्यस्तै सांसद बस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको र सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको जानकारी समेत गराए । बस्नेतले नेपाली सेनालाई लोकतान्त्रिकीकरण गर्न आवश्यक भएको बताउँदै रक्षा मन्त्रालयले सकल दर्जाहरुको आवाज सुन्नको निम्ति एउटा समिति बनाउन सरकारसँग माग समेत गरे । सो शुन्य समयमा वोल्दै सांसद वस्नेतले भने ‘सेनाभित्र सकल दर्जाको आवाज सुन्ने एउटा छुट्टै संयन्त्र बन्नु जरुरी छ, जहाँ सिभिल रुल्स पनि लागू हुन सकोस् ।’

नेपाली सेना महिलामैत्री नभएको तथा फास्टट्रयाकदेखि सेनापति निवास निर्माणमासमेत भ्रष्टाचार भएको भन्दै रक्षा मन्त्रालयले समिति बनाएर छानविन गर्नुपर्ने उनको माग छ ।

सांसद वस्नेतले नेपाली सेनाभित्रको भ्रष्टाचार र बढुवामा विभेद तथा प्रधान सेनापति राजेन्द्र क्षेत्रीको मनोमानीको विषयलाई संसदमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट