सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवादी : अध्यक्ष राणा

(असार १९, बुटवल) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवादी बन्दै बताएका छन् ।

राप्रपा प्रजातान्त्रिकले आयोजना गरेको कार्यक्रमका क्रममा अध्यक्ष राणाले पत्रकारहरुसँगको साक्षात्कारमा सरकारको अधिनायवादी कार्यशैली र कदमहरु रोक्न नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रपासमेतको बृहत प्रजातान्त्रिक मोर्चा बनाउन आवश्यक भएको बताए । प्रधानमन्त्रीका कार्यशैली र निर्णयहरु अधिनायकवादी दिशामा गइरहेको बताउँदै सरकारको अधिनायकवादविरुद्ध बृहत प्रजातान्त्रिक मोर्चा बनाउनुपर्ने धारणा प्रस्तुत गरे । निर्माण व्यवसायीहरुलाई जथाभावी तानाशाही शैलीमा पक्राउ गरी जेल हाल्ने कार्य पनि सरकारको अधिनायकवादी कदम भएको अध्यक्ष राणाले तर्क गरे ।

नेपालको अर्थतन्त्रको विकास नगरी चीनबाट रेल मात्रै ल्याउंदा नेपालको अर्थतन्त्र झनै धराशायी हुने बताए । राणाले रेल परियोजना र अन्य लगानी परियोजनाको लगानी र ब्याज दर तथा अन्य शर्तहरु सावधानीपूर्वक अध्ययन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट