ऐतिहासिक कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा : स्थानिय वासीको अपत्ती

(असार १८, भक्तपुर) । मध्यपुर थिमी नगरपालिकाको वडा नं. ८ स्थित ऐतिहासिक कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेको भन्दैै स्थानियवासीले आपत्ती जनाएका छन् ।

ऐतिहासिक एवम् पुरातात्वीक पोखरीको रुपमा रहेको सो पोखरीमा फुलेको कमलको फूल ऐतिहासिक महालक्ष्मी जात्रामा चढाउने भएकाले यो पोखरीलाई ऐतिहासिक मानिने गरेको छ । १५ रोपनी ९ आनामा क्षेत्रफल रहेको उक्त पोखरीलाई मासिने गरी व्यक्तिको नाममा जानु देशकै ऐतिहासिक सम्पदा गुम्ने भन्दै स्थानीयवासी न्यायको पक्षमा लागिरहेका छन् ।

नेपाल विश्वसामु परिचित गराउने नै ऐतिहासिक सम्पदा रहेको र तिनिहरुकै माध्यमले नेपाल विश्वको एक ऐतिहासिक, पर्यटकिय, धार्मिक, परम्परा भएको देशको रुपमा चिनिएको छ । यस्ता ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्नु अहिलेको स्थानिय सरकार, प्रादेशिक सरकार तथा संघिय सरकारको समेत मुख्य भुमिका रहेको हुन्छ । ऐतिहासिक सम्पदाको माध्यमबाट देशले आर्थिक उन्नती तथा प्रगति गर्ने एउटा मुख्य माध्यम हो ।

सो सार्वजनिक जग्गा सोही पोखरीको नजिकमै वस्ने कान्छी पोडेनीका नाममो उक्त सार्वजनिक जग्गा नामसारि गरेको पाइएको छ । पोडेनीले आफ्नो नाममा वनाई उनीले ग्याल्पो गुरुङ, तेन्जो शेर्पेनी लगायतको नाममा विक्रि गरी उनी हाल किर्तिपुरमा वस्दै आएको वताइएको छ ।

ऐतिहासिक कमलपोखरी संरक्षण समितिको सक्रियतामा कान्छा चक्रधरले सर्वाजनिक जग्गा कुनै व्यक्तिको नाममा जानु नहुने भन्दै विगत दुई वर्ष अघि मुद्धा दायर गरेको छन् । उक्त मुद्धा हाल अदालतमा विचाराधिन रहेको छ ।

स्थानीय वासीले भने सो पोखरीको संरक्षण तथा सम्बद्र्धन हुनुपर्ने र सार्वजनिक जग्गा कुनै व्यक्तिले लानु नहुने बताएका छन् । यसको निम्ती स्थानिय सरकार तथा प्रदेश सरकारसँग सो ऐतिहासिक पोखरीको संरक्षणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट