(असार १८, काठमाडौं) । विगत ८ वर्षदेखि सञ्चालनमा आएको क्लासिटेकले पछिल्लो समय आफ्ना ग्राहकलाई लुटको खेती गर्ने गरेको खुल्न आएको छ ।
ग्राहक बढाउने बहाना संस्थामा कार्यरत कर्मचारीले विभिन्न प्रलोभन देखाई सर्भिस लिन बाध्य बनाउने गरेका छन् । तर त्यो देखाईएको प्रलोभन भने त्यही संस्थाको सेवा सुचारु नगरुन्जेललाई मात्र सिमित गर्ने गरेको तथ्य खुल्न आएको छ । कसैलाई हामी यस्तो यस्ता यस्ता धेरै सुविधा दिन्छौं भनि कुनै कर्मचारीले भन्ने र आफ्नो इन्टरनेट जोड्न लगाउने त्यसपछि ग्राहकले जोडिसकेपछि पहिले मैखिक रुपमा गरेको सहमतिलाई लत्याई गरेका सहमति कुनै पनि नगरी ग्राहकलाई ठग्ने गरेको छ ।
धेरै सेवा र सुविधाको बहानामा ग्राहक थप्ने गरेको छ । तर एक कर्मचारीले त्यो सेवा र सुविधाको कुरा गरी ग्राहकलाई आफ्नो इन्टरनेट जोड्न लगाउने र जोडि सकेपछि त्यो कर्मचारी ती दिन्छु भनेका सेवा तथा सुविधाहरु दिनपर्छ भनि सम्पर्कमा नआई अर्को कर्मचारीसँग सम्पर्क गर्न लगाउने गरेका छन् । थप धेरै सेवा सुविधाहरुको फ्रिमा हुन्छ भनि ग्राहकलाई सपना देखाउने र मैखिक सम्झौता गर्ने त्यसपछि ग्राहकले त्यो सुविधा चाहियो भन्यो भने हाम्रो संस्थाले त्यस्तो सुविधा फ्रिमा दिने नियम छैन, यति रकम लिई आउनुहोस् अनिमात्र तपाई त्यो सुविधा पाउनेहुन्छ भनि भन्ने गरेको छ । यतिसम्म भन्ने गरेका छन् कि पहिलो यस्तो मैखिक सम्झौता गरेको थियो भन्यो भने हाम्रो सेवा वन्द गर्न सक्नुहुन्छ तर त्यो सुविधा दिदैनौं जे गर्नु छ गर्नुहोस् भनि धम्की दिने समेत गरेका छन् त्यहाँ कार्यरक कर्मचारीहरुले ।
कुनै पनि ग्राहकलाई शुरुमा सेवा शुरु गर्दा हजारौ रकम लिर्ईएको हुन्छ । त्यसमा कुनै ग्राहकले सेवा वन्द गर्यो भने पनि त्यो रकम त फिर्ता गर्दै न क्लासिटेकले । त्यहाँ कार्यरत कर्मचारीले नै पहिले भएको सेवा सुविधा दिनु पर्ने भयो भने बन्द गर्न चेतावनी दिनुवाट के प्रष्ट हुन्छ भने कुनै ग्राहकलाई इन्टरनेट सुरु गर्दा तिरेको रकम ग्राहकले सेवा वन्द गर्दा फिर्ता नपाउने भए पश्चात त्यो रकम नजानिदो तरिकाले लुट्ने कार्यमा तत्तलिन रहेको खुल्न आएको छ ।
त्यती मात्र नभई सो संस्थाले सपोर्टको लागि भनि मासिक रु ५२० लिने गरेको छ जसमा कुनै पनि सेवाग्राहीले यस्तो समस्या आयो भनि १० औं पटक सम्म जानकारी गराउँदा पनि सो सेवा नदिने गरेको छ । जति पटक सम्पर्क गर्यो त्यति नै पटक स्टाफ परिवर्तन भई फोन रिसिभ गर्ने र सवैले जतिपटक फोन गरे पनि समस्या भन्दा भन्दै ग्राहले सयौ रकम सिध्यउनुपर्ने बाध्यतामा पार्ने गरेको छ क्लासिटेकले । सर्भिसको सवालमा पनि अव आधा घण्टा, एक घण्टा भित्रमा हुन्छ भन्ने तर दिएको समयमा कुनै पनि कार्य नगर्ने गरेको पाइएको ।
ग्राहकले आफ्नो गुनासो कार्यरत कर्मचारीबाट सुनुवाई नभए पश्चात कर्मचारी भन्दा माथिल्लो तहका जिम्मेवार व्यक्तिहरुसँग कुराकानी र छलफल गर्ने भन्दा कसैको सम्पर्क नम्बर दिन नमिल्ने बताउँछन् त्यहाँका कर्मचारीहरु । यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने समस्या सम्बन्धीत जिम्मेवार व्यक्तिसँग पुग्न नदिनु घुमाउरो तरिकाबाट ग्राहक ठगि खाने भाडोको रुपमा लिन सकिन्छ ।
हामी रिपोर्टीङ कै क्रममा क्लासिटेकको केन्द्रिय कार्यालय बुद्धनगर काठमाडौंमा पुगेकै समयमा एक सेवा ग्राहीले सेवामा दिएको समस्याका कारण आवेगमा थिए र उनले भने यहाँको कम्प्युटर फुटाइदिन्छु, मलाई अत्याधिक झुलाउने र ढाट्यो । त्यस्तै अर्का एक सेवा ग्राहीले भने क्लासिटेकको नेट जोड्नु भनेको आफैले दुःख पाउनु साथै नभएको रकम सक्नु मात्र हो ।






