कर्णालीका सांसदले भने, सरकारको रातो किताब भष्टचार र कमिशनको खेल भएको दस्तावेज

(असार १७, सुर्खेत) । कर्णालीका सांसदहरूले सरकारको रातो किताब भष्टचारको गन्धले भरिएको र कमिशनको खेल भएको दस्तावेज भएको आरोप लगाउँदै कुनै पनि योजना स्पष्ट नरहेको बताएका छन् ।

आइतबारको संसद बैठकमा मन्त्रालयगत योजना र बजेटमाथिको छलफलमा बोल्दै प्रदेश सरकारलाई बहिरो बाघको संज्ञा दिदैं सरकार जसरी बहिरो बाघले अरू बोलेको नसुनेर खाली आफ्नो शिकारमा मात्र ध्यान दिन्छ कर्णाली सरकार पनि उस्तै रहेको सांसदहरूले बताए । संसदको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले प्रदेश सरकारले समाजवादतिर लागेको भने पनि सरकारको बाटो तथा चरित्र स्पष्ट नभएको आरोप लगाए । बजेट कर्णाली प्रदेश सरकारको शाही घोषणा जस्तो तरिकाले रातो किताब आएको शाहीको आरोप थियो । सरकारको व्यवहारका कारण नेपाली कांग्रेसलाई जनताको माझमा जान बाध्य नपार्न पनि सरकारलाई उनले चेतावनी दिए ।

यसैगरी सत्ताधारी दल नेकपाका सांसदहरूले पनि सरकारको आलोचना गरेका छन्। विनियोजन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै सरकारले रातो किताबमा पनि ठोस तथा स्पष्ट योजना ल्याउन नसकेको गुनासो गरेका छन्। सत्ता पक्षका सांसद भए पनि हामीले जनतालाई जवाफ दिनु पर्ने भएकाले सधै सरकारको पक्षमा वकालत गर्न नसकिने बताएका छन्। साथै सत्तापक्षका सांसदहरूले बजेट कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

छलफलमा सांसद पद्मा खड्काले सबैको सुझावलाई मनन गर्दै सरकारले गल्तीहरूलाई सच्याउँदै अघि बढ्न आग्रह गरे । त्यस्तै सांसद विन्दमान विष्टले सरकार र सांसद मिलेर बजेट कार्यान्वयनमा लागेमा यो बजेट कर्णालीको विकासको आधारपत्र हुने बताए ।

सांसदहरू गुलाब जंग शाह, बिन्दमान विष्ट, अमृता शाही, करबिर शाही कृष्णा शाह, ठम्मर विष्ट, झोवा विक, मीनासिंह रखालले सरकारलाई सांसदहरूका सुझावहरूलाई आत्मसाथ गरेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट