नदी खतराको तहसम्म पुग्ने : सचेत रहन पूर्वानुमान महाशाखाको आग्रह

(असार १६, काठमाडौं) । मनसुन सक्रिय भएसंगै देशभरका नदीनालाहरु पनि सुसाउन थालेसँगै वहाव उच्च अवस्थामा पुग्ने भएकाले आसपासका मानिसहरु सचेत अवस्थामा रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आगामि तीन दिन भित्रमा मुलुकभर मनसुन सक्रिय भई भारी वर्षा हुने भएकाले नदीमा पानीको वहाव बढेर बाढी आउने खतरा बढेपछि सावधानीका सूचकहरु पनि जारी गरिएको छ । महाशाखाका अनुसार विगतको बर्षको तुलनामा यसपटक बढी वर्षा हुने भएकोले पनि थप सचेतता अपनाउन आवश्यक देखिएको भन्दै महाशाखाले रेड नोटिस जारी गरेको छ ।

देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ भने मध्य क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने बताईएको छ ।

महाशाखाका अनुसार आईतवार पुर्वमा कमला, खाडो, गागन, रातु, मध्य भागमा बागमती,पुर्वी राप्ती, रिउखोला, पश्चिममा बाणगङगा, पश्चिम राप्ती, बबई, मोहना, मछेली लगायत अन्य केही नदीहरूमा बहाब खतराको तहसम्म पुग्ने सम्भावना रहेको ।

त्यस्तै सोमवार मध्य भागको बागमती र रिउखोला तथा पुर्वतर्फका प्राय सबै नदीहरू मेची, कन्काई, कमला, खाडो, रातु, गागन लगायत अन्य केही नदीहरूमा बहाब खतरा तह भन्दा माथि पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट