(असार १४, भक्तपुर) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उद्योगमन्त्री तथा सासंद महेश बस्नेतले भक्तपुरको विकासलाई कसैले चाहेर रोक्न नसक्ने बताउँदै काम नगर्ने निर्माण व्यवसायिलाई कारवाही गर्न सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।
भक्तपुरमा निर्माणाधिन रहेका सडकहरुको निरिक्षणका क्रममा भक्तपुरलाई नमुना जिल्लाको रुपमा बनाएरै छोड्ने बताए । सांसद वस्नेतले मध्यपुर नगरपालिकामा ३७ वटा आयोजनाहरु शुरु भईसकेको र आगामि दिनमा अझ वढी आयोजनाहरु थप गरी आवश्यक आर्थिक स्रोत जटाउने बताउँदै विकास निमार्णका कार्यहरुलाई योजनावद्ध रुपमा अघि सार्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । उनले जनमुखी विकासका कार्यहरुको निम्ती आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए ।
निरिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निमार्ण कार्य जिम्मा लिई काम नगर्ने निमार्ण व्यवसायिलाई तत्काल कानुनको दायरामा ल्याई कारवाहीको प्रकृया अघि वढ्ने वताए । उनले जिम्मा लिने र कान नगर्ने निर्माण व्यवसायिको विवरण उपलब्ध गराउन समेत आग्रह गरे ।
डिभिजन सडक कार्यालय भक्तपुरको आयोजनामा निर्माणाधिन भइरहेको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा निर्माणधिन १२ करोड ३१ लाख रुपैयाको लागतमा निर्माण कार्य शुरु गरिएको बाखावजार (पुरानो वाटो) – हुलाक रोड – नगरपालिका भवन – मिलरोड – मनोहरा पुलसम्मको २.२ किलोमिटर सडक सन्तोसी/पिआर जेभीले लिएको जसमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । उक्त सडकको २०७३ साल जेष्ठ २८ मा सम्झौता भई २०७५ साल असार १२ गतेसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने रहेको थियो । उक्त सडक निर्माण गर्नको निम्ती ठकेदारको कुनै लापरवाही नभई खानेपानी आयोजना (मेलम्ची)को पाइप ओच्छ्याउने कार्य भईरहेकाले ६ महिना ठिलो भएको तथा वस्तीमा सिमाङ्कन विवाद जारी रहेकाले पनि निर्माण कार्य गर्न समस्या भएकोले यसको निम्ती अव १० महिना म्याद थप गर्न सकिने सडक डिभिजन कार्यालयका इन्जिनियर विरेन्द्र यादवले बताएका छन् ।
त्यस्तै हनुमन्ते खोला – अरनिको राजमार्ग – वप्पा पाटी विहार – वाखा वजार पुरानो वाटो १. ६ किलोमिटर सडक निमार्णको निम्ती ४ करोड वाह्र लाख रकममा काम थालिएको जसको सम्झौता सुनौलो खिम्ती कन्ष्ट्रक्सन प्रालिले २०७० साल चैत्र २३ गतेदेखि २०७२ असार २२ गतेसम्ममा कार्य सम्पन्न गर्ने भनि सम्झौता भएकोमा हालसम्म उक्त सडकको निमार्णकार्य ३५ प्रतिशतमात्र सम्पन्न भएको इन्जिनियर यादवले बताए । उक्त सडकमा निमार्ण व्यवसायिले निमार्णकार्यलाई अन्त्यनै सुस्त गतिमा गरेको तथा सडकमा विद्युतका पोलहरु रहेकाले समस्या भएको जनाईएको छ ।
त्यस्तै तीन करोड ३० लाखमा अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा १.२ किलोमिटर र लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक ०.८ किलोमिटरको जिम्मा समानान्तर निमार्ण सेवा प्रा.ली.ले २०७४ साल असार २० गते लिई २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्ने सम्झौता अनुसार हालसम्म ३० प्रतिशत कार्य सम्पन्न भएको छ । खानेपानी आयोजनाले ढल व्यवस्थापन परियोजनाले सडक ठेक्का दिईसकेपछि आफ्नो कार्य अघि वढाएकाले सो सडक निर्माण कार्य ढिलाई भएको इन्जिनियर यादवले बताए ।
सांसद वस्नेतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, एसएसपी हिमालकुमार श्रेष्ठ तत्कालिन नेकपा एमालेका कार्यवहाक अध्यक्ष बचन सिं देउजा, डिभिजन सडक कार्यालयका डिजी गूरुप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, थिमी प्रहरी वृत्त प्रमुख डीएसपी मिलन केसी, स्थानिय जनप्रतिनिधि तथा सर्वसाधारण सहितको टोलिले निरिक्षण गरेको हो ।






