बजेटमा प्राथमिकीकरण गरेर ब्रेक थ्रू गरेका छौँ : मुख्यमन्त्री

(असार १३, वुटवल) । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेटमा प्रदेशको आवश्यकतालाई मध्यनजर गरी प्राथमिकीकरण गरी ब्रेक थ्रु गरेको बताएका छन् ।

आज बुटवलमा पत्रकारहरुसँगको अन्तरक्रियामा बजेट जनमुखी भएको भएता पछि प्रतिपक्षिले विरोध गर्नु दायित्व भएको बताउँदै प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशले चाहेको जनशक्ति प्रदेशले नै नियुक्त गर्न पाउनुपर्ने उल्लेख गर्दै अहिले पनि प्रदेशमा रहेका कर्मचारी संघीय कर्मचारी नै भएको बताए । देशमा रहेका कर्मचारीको सरुवा, बढुवा संघीय सरकारले गर्ने भएकाले कर्मचारी प्रदेश केन्द्रीत नभई संघ केन्द्रत भएको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशमा स्रोतको बाँडफाँड नभई टुङ्गोमा पुग्न नसक्ने उल्लेख गर्दै समन्वयको ढाँचा निर्माण भएन भने त्यसले समस्या निम्त्याउन सक्ने बताए ।

प्रदेश नं ५ मा नीतिगत तहमा कुनै समस्या नरहेको बताउँदै शहरको विकासका लागि स्थानीय तह नै सक्षम भएको धारणा प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट