सरकारविरुद्ध तरुण दल सडकमा : सरकारले खोक्रो राष्ट्रवाद देखाएको आरोप

(असार १३, काठमाडौं) । प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गर्दै खोक्रो राष्ट्रवादको विरुद्ध जस्तोसुकै मुल्य चुकाउन पनि पछि ननपर्ने बताएको छ ।

आज तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध विभिन्न प्रकारका नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।

तरुण दलका अध्यक्ष जितजंग वस्नेतले वर्तमान सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेकोले त्यसको प्रत्यक्ष मारमा आम नेपाली जनता परेको उल्लेख गर्दै तुरुन्त मुल्य वृद्धि फिर्ता लिन आग्रह गरे । मुल्य वृद्धि फिर्ता नलिएमा देश व्यापी आन्दोनमा उत्रन बाध्य हुने र त्यसवाट उत्पन्न परिस्थितीको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनुपर्ने समेत चेतावनी दिएको छ ।

त्यस्तै अध्यक्ष वस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता समेत हनन् गरेको बताए । उनले प्रेस स्वतन्त्रता समेत हनन् गरी अधिनयकवाद तर्फ सरकार उन्मुख भई निरंकुशता लाद्ने प्रयास गरेको समेत आरोप लगाए । राष्ट्र वादको नाममा कलंक मञ्चाउन थालेकोले दरुणदल आन्दोलनमा उत्रन बाध्य भएको समेत वताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट