स्थानिय, प्रदेश तथा संघिय सरकार पारस्परिक सम्बन्धका साथ अघि वढ्नुपर्छ : सांसद जिसी

(असार ११, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशालि नेतृ तथा प्रतिनिधिसभा सांसद मनकुमारी जिसीले वर्तमान समयमा स्थानिय, प्रदेश तथा संघिय सरकार पारस्परिक सम्बन्धका साथ अघि वढ्नुको कुनै विकल्प नभएको बताएकि छिन् ।

संघिय संसयमा आज भएको गहृ, परराष्ट, उर्जा जलस्रोत, भौतिक तथा यातायात मन्त्रालयको विनियोजित शिर्षक माथिको छलफलमा वोल्दै सांसद केसीले वर्तमान सरकारद्वारा नेपालको दुई छिमेकी देशहरुबिच पारस्परिक सम्बन्ध उच्च विन्दुमा पुगेको भन्दै शान्ति, सुरक्षाको निम्ती एकिकृत योजना वनाई अघि वढ्नु पर्ने बताएकि छिन् । त्यस्तै विनियोजनमा छुटेका कुरामा सम्बन्धीत मन्त्रालयले ध्यान दिदै समेटेर जानुपर्ने बताईन् ।

कार्यक्रममा वोल्दै नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथ, गौतमबुद्धको जन्मस्थाल लुम्बिनी, मठमन्दीर तथा विभिन्न प्रकारका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा विश्वका मानिसको पर्यटकिय क्षेत्रको रोजाईको देश भएकाले पर्यटकिय विकास, विस्तार तथा आर्थिक उपार्जनको निम्ती नेपालमा नभएका कुनै पनि देशका राजदुतावास नेपालमा नै खोल्नुपर्नेमा जोड दिइन् ।

गृहमन्त्रालयद्वारा चालिएको कदमले हत्या हिंसा, आतंक तथा गुण्डा गर्दीको आतंकबाट जनताहरु मुक्तिको स्वास फेर्न सुरुवात भएको बताईन् । त्यस्तै प्रहरी प्रशासनलाई चुस्त, दुरुस्त बनाउनको निम्ती त्यसभित्र भएका प्रशासनिक तथा व्यवहारिक कुराहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् । उनले महिला प्रहरीलाई सेल्टरकै रुपमा वस्ने गरी, काउन्सीलिङ् कै रुपमा राख्ने गरी अघि वढ्न सके अझै उत्तम हुने धारणा समेत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate