शायरी

१.  हामी मान्छेमा अपनत्वको कति चाह हुन्छ ?
कसैलाई माया गरी त हेर, अनि थाह हुन्छ ।

२.  कम होस् कि बेसी, कुरा फुटबलको हुनुपर्छ,
रोलान्डो न मेशी, कुरा फुटबलको हुनुपर्छ ।

३. फूलैफूलको वगैँचा, जुनेली रात, कति रमाइलो,
बातैबात मायाको साथ, कति रमाइलो

४.  देब्रे छातीभित्रको भावनाको खबर पत्र(पत्र देखाइदिन्थेँ,
फेसबुके मायाले लखतरान भएर पो, नत्र देखाइदिन्थेँ ।

५.  सामान्य खेतिपातीबाट पनि, हजुर, म त चर्चित साउ बन्न पुगेछु !
चुम्मासम्म खानभ्याएको मान्छे हुनेवाला बच्चाको बाउ बन्न पुगेछु !!

         नारायण नेपाल कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको