प्रधानसेनापतिको अनादरको विषयमा संघले माग्यो माफी (विज्ञप्तीसहित)

(असार ४, भक्तपुर) । नेपाल तेक्वाण्डो संघ प्रदेश नं. ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम तेक्वाण्डो प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधान सेनापति राजेन्द्र क्षेत्रीसंग संघले माफी मागेको छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै प्रधान सेनापतिको क्षेत्रीको मर्यादामा आँच आउँने गरि संघले कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेको हो ।

भक्तपुरमा गत शनिवार सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि रहनु भएका प्रधानसेनापति क्षेत्रीको नाम र हस्ताक्षर नै नराखी प्रमाणपत्र वितरण गरिएको सन्दर्भमा विवाद उत्पन्न भएपछि संघका अध्यक्ष केशव पुरीले बिज्ञप्ती जारी गर्दै माफी माग्नु भएको हो ।

अध्यक्ष पुरीले भन्नुभयो–“प्रधानसेनापतिको पदीय मर्यादामा आँच आउँने र उहाँप्रति अनादर हुने गरि संघले कुनै काम गरेको छैन, आगामी दिनमा पनि गर्दैनौ, कार्यक्रममा उहाँ ढिलो आँउने तर प्रमाणपत्र छिटो दिनु पर्ने भएपछि प्रमाणपत्रमा उहाँको नाम नराखिएको हो, अनादर गरिएको होईन ।”

आगामी दिनमा संघले कुनै पनि गल्ति नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पुरीले भन्नुभयो–“कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा पर्न गएको असहजता प्रति संघले क्षमायाचना गर्छ, उहाँमा कुनै अपमान, अनादर गरेको भन्ने कुरामा सत्यता छैन, यद्यपी उहाँ प्रति परेको समस्याप्रति हामी माफी माग्दछौ ।” खेलकुदको क्षेत्रमा प्रधानसेनापतिको सहयोग, हौसला र साथ सधै नै रहने अपेक्षा समेत गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate