प्रहरी टोलीमाथी आक्रमण : प्रहरीको जबाफी कारबाहीमा गुण्डा नाइके लामा घाइते

(जेष्ठ २८, काठमाडौं) । प्रहरीले काठमाडौंको युएन पार्कमा प्रहरीको गोली प्रहारमा परी गुण्डा नाइके अशोक लामा घाइते भएका छन् ।

महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख धिरजप्रताप सिंहका अनुसार ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जानकारी दिए ।

गुण्डा नाईके लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको सिंहले जानकारी दिए । सिंहका अनुसार दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा