प्रदेश ४ मा कांग्रेसद्वारा सभा अवरोध : प्रदेशनामाकरण पहिलो प्राथमिकता

(जेष्ठ २८, पोखरा) । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिले प्रदेशको नामाकरण हुनु पर्ने भन्दै अवरोध गरेको छ ।

काग्रेसले विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने माग राख्दै कांग्रेसले सभा अवरोध गरेको थियो । २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

कांग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको थियो । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित भयो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ५ बजेमात्रै बैठक सुरु भएको थियो । त्यसपछि पनि कांग्रेसका सदस्यहरुले नारा लगाएपछि फेरि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा