सभामुख, उपसभामुख एउटै दलबाट हुनु संविधान विपरित : काँग्रेस

(जेष्ठ २६, काठमाडौं) । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले एउटै लदबाट सभामुख तथा उपसभामुख हुनु संविधान विपरित भएको भन्दै अपत्ती जनाएको छ ।

काँग्रेसले सभामुख वा उपसभामुख मध्ये एउटा पद तत्काल छाड्न नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोड्न माग गरेका छन् ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डाक्टर शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए । सत्तारुढ नेकपाले भने सभामुख र उपसभामुखले दलीय साधारण सदस्यता समेत त्याग गरेकाले पद छाड्न नपर्ने तर्क गरेको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले निर्वाचनको क्रममा मात्र दलको विषय उठ्ने बताउँदै हाल उहाँहरु साधारण सदस्य समेत नरहेका कारण संविधानको मर्म विपरित नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट