बजेटको दलाल, माफिया, पुँजीवादीले विरोध, बजेट जनमुखी तथा सर्वमान्य : सांसद लामा

(जेष्ठ २०, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ, अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले दलाल, माफिया तथा पुँजीवादीहरुले बजेटको विरोध गरेता पनि वर्तमान सरकारले ल्याएको बजेट जनमुखी तथा सर्वमान्य रहेको बताएकी छिन् ।

आज संघिय संसदमा बजेटवारे आफ्नो धारणा राख्दै सांसद लामाले बजेटले युवा तथा विद्यार्थीलाई उर्जा बढाएको मात्र नभई बजेटले विगतको अर्थतन्त्रलाई समिक्षा गर्दै वर्तमान अर्थतन्त्रलाई सहि विश्लेषण गरी भावि कार्यनीतिका साथ अघि वढी देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प गरेको बताएकी छिन् ।

सांसद लामाले सरकारले ल्याएको बजेट इतिहासको सबभन्दा महत्वपूर्ण दस्तावेजको रुपमा रहेको बताउँदै जनताको वलिदानको रगतबाट प्राप्त संविधान अनुसारको यो बजेट रहेकोले विरोधको मानसिकता त्यागी देश विकासमा लाग्न प्रतिपक्षलाई आग्रह गरेकी छिन् ।

विभिन्न समस्याहरुका वाबजुत अध्ययन गरि प्राप्त गरेको शैक्षिक प्रमाणपत्रलाई सहि ठाउँमा सदुपयोग गर्न नपाएर डिपेशनको अवस्थामा पुगेका आम युवा तथा विद्यार्थीलाई एउटा मार्गनिर्देशको रुपमा आएको बताउँदै सांसद लामाले बजेटले आमुल परिवर्तनको अठोत वोकेको उल्लेख गरेकी छिन् ।

सांसद लामाले भनिन् ‘वर्तमान सरकारले शिक्षामा आमुल परिवर्तन गरेको छ, गणित, अग्रेजी तथा विज्ञान जस्ता विषयलाई अनिवार्य वनाउने निर्णय स्वागतयोग्य भएकोले समृद्ध नेपाल निमार्णको मुख्य अठोतका साथ शिक्षा, स्वास्थ्य, कृषि, यातायात, रेलमार्ग, पर्यटन, जलमार्ग, हवाई मार्गको नाममा धेरै बजेटको ग्यारेन्टि गर्दै सरकारको विकासको अवधारणा प्रस्तुत गरेको छ । जसवाट समाजवादको मार्ग निर्देश भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः