समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन : उपसभापति निधि

(जेष्ठ २०, काठमाडौं) । नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले मर्ने बेलामा कमिलाको प्वाख पलाउँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको उल्लेख गरेका छन् ।

वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस उपसभापति निधिले वर्तमान कम्युनिष्ट पार्टीको सरकारले संघियता, समावेशिता विरुद्ध सिण्डिकेट खडा गरेको बताएका छन् ।

निधिले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको बताए । सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाकी नरहेको उहाको भनाइ थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै उनले भने, रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको निधिले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार