(जेष्ठ २०, काठमाडौं) । राष्ट्रकवि माधवप्रसाद घिमिरे भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट पुनः अस्पताल भर्ना भएका छन् ।
राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइ केयर यूनिटमा उपचार भइरहेको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे भारत गएका थिए ।





