१३ औ वार्षिक साधारणसभा : नगरकोट रेडक्रसद्धारा नयाँ एम्बुलेन्स संचालन

(जेष्ठ १९, भक्तपुर) । स्थानीय व्यक्ति र स्थानीय संघसंस्थाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा रहेको चाँगुनारायण नगरपालिकास्थित नगरकोटमा शनिबारबाट बा. १९ च. ५६७६ नम्बरको नयाँ एम्बुलेन्स संचालनमा आएको हो ।

उपशाखाको १३ औ वार्षिक साधारणसभाको अवसरमा प्रतिनिधीसभाका सदस्य एवं पूर्व मन्त्री महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले एम्बुलेन्स सेवाको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य बस्नेतले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने बताउँदै भक्तपुरमा स्मार्ट सिटि निर्माणदेखि रंगशाला निर्माणसम्मलाई बिथोल्ने खोज्ने तत्व र पार्टी अब जनताबाटै नाङ्गिने बताए ।

कार्यक्रममा जिससका प्रमुख गेलाल, नगर प्रमुख मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले भक्तपुरबाट नगरकोट जाने सडक निर्माण थालेको पाँच वर्ष वित्दा पनि ठेकेदारको अटेरीका कारण समस्या आएको बताउँदै ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।

रेडक्रस नगरकोट उपशाखाका सभापति सोम शर्मा (बजगाई)ले उपशाखाले संचालन गरेको पुरानो एम्बुलेन्स थन्किने अबस्थामा पुगेपछि एम्बुलेन्स खरिदका लागि सार्वजनिक रुपमा सहयोग आव्हान गरिएकोमा १५ लाख ५४ हजार ६ सय रुपैया रकम संकलन भएको जानकारी दिए । नयाँ एम्बुलेन्स खरिदका लागि १० लाख १२ हजार ४ सय रुपैयाँ खर्च भएको र वाँकि रकम एम्बुलेन्स सञ्चालन अक्षयकोष स्थापना गरिएको उनले जनाए । अक्षयकोषलाई १५ लाख पु¥याउने लक्ष्य लिएकोमा हाल ६ लाख रुपैया जम्मा भएको बताउदै उनले एम्बुलेन्सले चाँगुनारायण नगरपालिका क्षेत्र, काभ्रेको मण्डनदेउपुर, कलममसी र काठमाडौंको कागेश्वरी मनहराको सुन्टोलसम्मका बासिन्दालाई समेत सेवा दिने बताए ।

विगत ८ वर्षदेखि संचालित पुरानो एम्बुलेन्सलाई भने उपशाखाले शव बाहनका रुपमा संचालन गर्ने उपशाखाले जनाएको छ । कार्यक्रममा रबिन्द्र प्रताप शाहले ११ हजार १ सय ११ रुपैयाँ, अनिल लामिछानेले १५ हजार रुपैयाँ र वडा नं. ६ का अध्यक्ष सन्तवहादुर वाईवाले ५ हजार ५ सय पचपन्न रुपैयाँ एम्बुलेन्सलाई सहयोग प्रदान गरे ।

कार्यक्रममा रेडक्रसका सचिव श्रीराम लामिछाने र कोषाध्यक्ष हरिशरण बास्तोलाले पेश गरेको प्रगति एवं आर्थिक प्रतिवेदन पास गरिएको छ ।

कार्यक्रममा डा. ईवामुरा मेमोरियल अस्पतालको प्राबिधिक सहयोगमा संचालित स्त्रीरोग लगायत जनरल सेवा सम्बन्धी निःशल्क स्वास्थ्य शिविरमा २ सय ३१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधि समेत वितरण गरिएको उपशाखाका उपसभापति कल्पदिप खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको