ढोलाहिटी ललितपुरका एकसय एक महिलाको क्यान्सर स्क्रिनिङ्ग

ललितपुर, १२ फागुन । नेपाल क्यान्सर सहयोग समूह तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको संयुक्त सहयोग तथा मोति विनायक महिला जागृति सहकारी संस्था, ढोलाहिटी र वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा सो सहकारी संस्था परिसरमा एकदिने निःशुल्क पाठेघरको मुख तथा स्तन क्यान्सरको जाँच र क्यान्सर सचेतना कक्षा सञ्चालन गरिएको छ ।

शिविरमा सहकारीका सदस्य महिला समेत गरि एकसय एक जना महिलाहरुको क्यान्सर स्क्रिनिङ्ग भएको थियो । कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिको तर्फबाट निर्देशक एवम् समाजसेवी स्वरुपा श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरु डा.मुरारीमान श्रेष्ठ, डा.हरिप्रसाद ढकाल, डा.कपेन्द्र शेखर अमात्य र डा.अन्जु श्रेष्ठले क्यान्सरको सहि निदान र उपचार समयमै हुन सके क्यान्सर रोग निको हुन सक्ने कुरामा जोड दिनुभयो ।

नेपालमै क्यान्सर उपचारको नयाँ नयाँ प्रविधिहरु उपलब्ध भएकाले उपचार गर्न विदेश जानुपर्ने बाध्यता हटेको उहाँहरुले बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २६ का अध्यक्ष सुरेश महर्जनले स्थानीय निकायको सहयोगले भएका यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा ठुलो भूमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिकी निर्देशक एवम् समाजसेवी स्वरुपा श्रेष्ठलाई सहकारी संस्थाको तर्फबाट सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा