सामाजिक कार्यमा नेपाल पुलिस स्कूल, सामाखुसीका विद्यार्थी

काठमाडौँ, २७ माघ । नेपाल पुलिस स्कूल, सामाखुसीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले डाउन सिन्ड्रोम समाज, नेपाल, कपुरधारा काठमाडौँलाई ६ हजार ६ सय ६६ रुपैयाँ नगद र दशहजार रुपैयाँ बराबरको खाजा सहयोग गरेका छन् ।

डाउन सिन्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि काम गर्ने उक्त संस्थालाई केही सहयोग गर्ने उद्देश्यले विद्यालयका संयोजक नवराज ज्ञवालीको नेतृत्वमा ६१ जना विद्यार्थी टोली त्यहाँ पुगेको थियो । संस्थालाई सहयोग गर्ने र संस्थाको बारेमा जानकारी लिने उद्धेश्यले त्यहाँ गएको कुरा कक्षा १० का विद्यार्थी प्रतिनिधि विकास खड्काले बताए ।

उक्त संस्थाकी अध्यक्ष शिला थापालाई सो रकम तथा खाजा हस्तान्तरण गरिएको थिए भने उक्त रकम कक्षा १० का विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट कटौती गरेर उठाएको कुरा संयोजक ज्ञवालीले थपे ।

उक्त कार्यक्रममा पुलिस स्कूलका विद्यार्थीहरु डाउन सिन्ड्रोम तथा अपाङ्गता भएका विद्यार्थीहरुको बारेमा बुझी उनीहरुसँग नृत्य पनि गरेका थिए । पुलिस स्कूलका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा विगतदेखिनै यसरी सहयोग गर्दै आएको कुरा विद्यालयका समादेशक, प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले बताए ।

उक्त संस्थामा विभिन्न उमेर समूहका २८ जना विद्यार्थी रहेका छन् । उक्त संस्थाले तिनीहरुलाई जीवन जिउन सहज बनाउने उद्देश्यले विभिन्न सिपमूलक व्यवहार सिकाउँदै आएको कुरा उक्त संस्थाकी अध्यक्ष शिला थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न

काठमाडौँ, १६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख