३० जना नयाँ स्काउटलाई दिक्षा

काठमाडौँ, २६ माघ । कागेश्वरी मनोहरा ९ गोठाटारको दर्शना स्काउट ट्रुपका प्रशिक्षण पुरा गरेका ३० जना स्काउटलाई आइतबार एक समारोहका वीच दिक्षा दिइयो ।

तेक्वान्दो र कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता कृष्णभक्त न्यौपाने तथा भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त एव्म स्काउट गुरु शीवकुमार त्वायनाले स्कार्फ तथा नेपाल स्काउटको सदस्यता व्यायज प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कृष्णभक्त न्यौपाने, वरिष्ठ पत्रकार एवम् स्काउट गुरु बलराम प्यासी, विद्यालयका प्रिन्सिपल विनोद थापामगर, अभिभावक प्रतिनिधि अजित वोगटी तथा विद्यालयका निर्देशक राजेन्द्र पोखरेल लगायतले स्काउट अरु विद्यार्थीभन्दा बढी अनुशासित, मितव्ययी, अध्ययनशिल र सेवामुखी हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले प्रमुख अतिथि तथा अतिथिहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न

काठमाडौँ, १६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख