कोरोनाबाट बच्न काव्यमा नमस्ते मात्रै, अवदेखि ‘नो ह्याण्डसेक’

काठमाडौँ, २० माघ । केही दिन अघिदेखि चीनको हुवान शहरबाट महामारीको रुपमा फैलिन थालेको नोवेल कोरोना भाईरस यतीखेर विश्वव्यापीरुपमा फैलिएको आशंका गरिएको छ । सोमबारसम्म चीनमा मात्रै तीनसय पचासजना मानिसको कोरोना भाइरसबाट मृत्यु भईसकेको छ भने फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभरी आकस्मिक सरुवा रोगको रुपमा (ग्लोवल एपिडेमिक) घोषणा गरेपछि नेपालमा पनि यसरोगबारे सबैतिरबाट सचेतना अपनाउन थालिएको छ ।

यसै सन्दर्भमा कोरोना भाइरस सर्नबाट बच्नका लागि नयाँबानेश्वरस्थित काव्य स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकहरुलाई आइतबारदेखि विद्यालय हातामा होस् या विद्यालय बाहिर एक आपसमा ‘हात नमिलाउन’ बरु ‘नमस्कारमात्रै गर्न’ आग्रह गरेको छ ।

हात मिलाउँदा विभिन्न सरुवा रोग एक आपसमा सजिलैसंग सर्ने तर नमस्कार गर्दा केही नहुने भएकोले काव्य स्कुलले नमस्कार गर्न सबैसंग आग्रह गरेको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताए ।

नेपाली संस्कृति र परम्परा अनुसार पनि मान्यजनलाई नमस्कार गर्ने चलन छ । भलै चीनको हुवान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारीले फेरी एक आपसमा हात मिलाउने नभई नमस्कार गर्ने बानी बस्ने संस्थापक प्रिन्सिपल बास्कोटाले बताए ।

मौसमी रुघाखोकी, ज्वरो, स्वाशप्रस्वासमा समस्या हुँदै निमोनिया भएर मानिसको मृत्यु हुने कोरोना भाईरसलाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरिसकेको छ ।

मौसमी र सरुवा रोगको रुपमा रहेको कोरोना भाइरसबाट बच्न विद्यालयले सबै विद्यार्थी, शिक्षक, अभिभाकहरुलाई गुणस्तरीय मास्क लगाउन, समुन्द्री खाना नखान, रुघाखोकी लागेका विरामी मानिसबाट टाढा बस्न र रुघाखोकीको लक्षण देखिनासाथ नजिकको अस्पताल या डाक्टरकहाँ जान आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न

काठमाडौँ, १६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख