दोलखाका विद्यार्थीलाई न्यानो कपडा वितरण

दोलखा, १८ माघ । ‘हामी मानवता वचाऊँ’ (व्हि सेभ ह्युमानिटी) संस्था कोटेश्वरद्वारा दोलखा, मेलुङ्ग गाउँपालिका ७ विरौटास्थित आजादी माविमा अध्ययरत असहाय एवम् विपन्न वर्गका ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री कपी, कलम, स्कुल व्याग, न्यानो कपडा र टोपी वितरण गरिएको छ ।

उक्त संस्थाका संस्थापक अध्यक्ष राम लम्साल गुरु सहित काठमाण्डौबाट गएका संस्थापक सदस्यहरु सिताराम चटौत, डगेन्द्र प्रसाद आचार्य, राजाराम वस्नेत, विकल्प आचार्य र एञ्जल भट्टराई सहितको टोली दोलखामा पुगेर ती सामाग्री वितरण गरिएको थियो ।

राजन भण्डारीको अनुरोधमा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर संस्थाका पदाधिकारीहरु शैक्षिक सामाग्री वितरण गर्न दोलखा, मेलुङ्ग पुगेका थिए । सो विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीमध्ये अति विपन्न एवम् असहाय गरी ३० जना विद्यार्थीको छनौट गरि उनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

श्रपिञ्चमीकै अवसरमा श्री सरस्वती माताको पुजा अर्चना गर्दै सरस्वती वन्दना समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका