दोलखाका विद्यार्थीलाई न्यानो कपडा वितरण

दोलखा, १८ माघ । ‘हामी मानवता वचाऊँ’ (व्हि सेभ ह्युमानिटी) संस्था कोटेश्वरद्वारा दोलखा, मेलुङ्ग गाउँपालिका ७ विरौटास्थित आजादी माविमा अध्ययरत असहाय एवम् विपन्न वर्गका ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री कपी, कलम, स्कुल व्याग, न्यानो कपडा र टोपी वितरण गरिएको छ ।

उक्त संस्थाका संस्थापक अध्यक्ष राम लम्साल गुरु सहित काठमाण्डौबाट गएका संस्थापक सदस्यहरु सिताराम चटौत, डगेन्द्र प्रसाद आचार्य, राजाराम वस्नेत, विकल्प आचार्य र एञ्जल भट्टराई सहितको टोली दोलखामा पुगेर ती सामाग्री वितरण गरिएको थियो ।

राजन भण्डारीको अनुरोधमा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर संस्थाका पदाधिकारीहरु शैक्षिक सामाग्री वितरण गर्न दोलखा, मेलुङ्ग पुगेका थिए । सो विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीमध्ये अति विपन्न एवम् असहाय गरी ३० जना विद्यार्थीको छनौट गरि उनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

श्रपिञ्चमीकै अवसरमा श्री सरस्वती माताको पुजा अर्चना गर्दै सरस्वती वन्दना समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।