नामी कलेजका विद्यार्थी आविश्कार केन्द्रको भ्रमणमा

काठमाडौँ, १७ माघ । संयुक्त अधिराज्य बेलायतको नर्थ ह्याम्पटन विश्व विद्यालयसंगको सम्वन्धन प्राप्त नामी कलेजमा बिबिए पाँचौ र छैठौं तहमा अध्ययनरत विद्यार्थीहरुले किर्तिपुरस्थित राष्ट्रिय आविश्कार केन्द्रको अध्ययन भ्रमण गरेका छन् ।

कलेजको मोडुल लिडर अफ स्ट्राटेजिक म्यानेजमेण्ट सुनेत्र प्रधानाङ्गको नेतृत्वमा कलेजका प्रोग्राम लिडर रोहित शर्मासहित कलेजका विद्यार्थी केन्द्रको अध्ययन भ्रमण गर्न गएका थिए । प्रोग्राम लिडर शर्माले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान दिन आविश्कार केन्द्रको अध्ययन अवलोकन भ्रमण गराइएको बताए ।

नेपालका दुर्गम ग्रामिण क्षेत्रमा ताररहित इन्टरनेट सेवाको पहूँच पुर्याउन सफल भई भई रामोन म्यागासासे अन्तर्राष्ट्रिय पुरस्कार विजेता वैज्ञानिक महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविश्कार केन्द्रमा पछिल्लो समयमा भएका आविश्कार र उत्पादनबारे विद्यार्थीले जानकारी लिएका थिए ।

नामी कलेजले बेलायतको नर्थ ह्याम्पटन विश्व विद्यालयसंगको सम्वन्धनमा बिबिए, बिसिइएस (ब्याचलर इन कम्पयुटर एण्ड इन्भाइरनमेन्ट साइन्स र एमबिए विषयमा अध्ययन अध्यापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका