चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ ।

यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह नगरी निर्णय गर्न नमिल्ने भएकाले झन् समस्या देखिएको छ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नियमावली पास नहुँदा परीक्षा चलाउन समस्या पर्ने बताउँदै भने, ‘परीक्षाको तयारी सुरु गरिसकेको छौँ, नियमावली पास हुनासाथ परीक्षा लिने बाटो खुला हुनेछ ।’

आयोगका सदस्य सचिव डा. हरि लम्सालले पनि समयमै नियमावली पारित हुने दाबी गर्दै इन्ट्रान्स परीक्षा लिने तयारी भइरहेको बताए ।आयोगले गत साल फागनु १० गते ऐन ल्याएको थियो । उक्त ऐन आएको ६ महिनापछि प्राडा गिरी उपाध्यक्षमा नियुक्त भएका थिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

धनुषा, २९ भदाै । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब

काठमाडौँ, २९ भदाै । जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको