एपोलो कलेजका ९८ विद्यार्थी, शिक्षक र कर्मचारीद्वारा रक्तदान

काठमाडौँ, १४ माघ । हरेक वर्ष रक्तदान गर्दै आएको एपोलो इन्टरनेशनल कलेज लाखेचौर नयाँबानेश्वरले यसपाली पनि मंगलबार उक्त कलेज परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्यो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित रक्तदानमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र सर्वसाधारण गरी ९८ जनाले रक्तदान गरेका थिए । सामुदायीक प्रहरी सेवा केन्द्रका इन्चार्ज ताराराम दयालले सो कार्यक्रमको संयोजन गरेका थिए ।

कलेजका अधिकाँश विद्यार्थी, शिक्षक र कर्मचारी रक्तदानको लागि इच्छुक भएतापनि उनीहरुमा रक्तचाप, मधुमेह लगायतका रोगको कारण सयजना भन्दा बढीले रक्तदान गर्न नपाएर फर्केको एपोलो इन्टरनेशनल कलेजका प्रशासन प्रमुख गणेश गौतमले बताए ।

रक्तदान कार्यक्रमको अनुगमन गर्न गएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीलाई कलेजका प्रशासन प्रमुख गौतमले उपहार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने